Check out the Latest Articles:

9/07/2010

Links to this post

शान्तिको मार्ग अपनाउँदैछु

समयान्तमा
मृत्यवरण गरेर
सेतो वस्त्रले ढाकिएको
अपेक्षाकृत लाश
जिवन्तताका लागि
विदा हुँदैछु
आँगनको डीलमा रहेको,
तुलसीका मठ छेवैबाट ।

एक हूल सजीवहरू
मेरो ठेगाना अन्त्यका लागि
चाँजोपाँजो मिलाउँदैछन्
हरियो बाँस काट्छन्
घारो बनाउँछन्
अनि राखिन्छु
र सजिन्छु
यात्रा अन्त्येष्टिका लागि।

म हुईँक्याइन्छु,
घरको तगारो काटेर,
टोल छिमेकहरू
अनि
डाँडाकाँडा गुञ्जयमान गराउँदै
शंखका ध्वनिहरूले
मेरो मृत्युको चिनारी दिदै
मृत्य शैयाबाट चितासम्म ।

राखिइन्छु चित्तामाथि
नाङ्ग्याइन्छु
यो साँसारिक मायाजालका
क्षोभयुक्त पखेँटाहरूबाट
जलाईन्छु दनदनी
आगोका लप्काहरूसँगै
तापहरूको जलनबाट
बिस्तारै बिस्तारै
खरानी बन्दैछु ।

हे मानवताका खोल ओढेर
साँसारिक माया मोहमा
अन्धभक्त लागेका
स्वार्थीहरू हो,
म रित्तिएको छैन
म सकिएको छैन
मात्रै यो कोलाहलपूर्ण धर्तीबाट
लोभ र क्षोभ मुक्त सँसारमा
सदा सदाको लागि
शान्तिको मार्ग अपनाउँदैछु ।

9/02/2010

Links to this post

अन्तरमनबाटै
आघात परेको क्षण
पीडा बोध गर्छु,
उनि केवल हेरिरहन्छिन्,
म उनिलाई हेर्दै टोलाईरहन्छु,
सायद
दुबैलाई आघातको पीडाले सताईरहेछ ।

कुनै शुन्य समयमा
म उनको भावविव्हल अनुहार पढेर,
गीत, गजल वा कविता कोर्न तैयार हुन्छु,
तर,
किन?, किन....... मलाई?
उनकै मौनतामा हराउन मन लाग्छ,
गीत, गजल वा कविता होइन,
आत्मा अपमानको बोध हुन थाल्छ,
त्यसैले,
उनकै अपमानमा
आफुलाई विलय गराउन मन लाग्छ ।

खै किन? आज,
श्रद्धाको तर्पण जति चुहिन्छ,
उति नै मन बोझिलो हुन्छ,
अतितका स्मरणहरू
मानसपटलमा भूत बनेर सल्बलाउँछन्
साँच्चै म मा प्रेतात्मा चढेको छ,
उनि रूँदा म हाँस्छु
उनि हाँस्दा म रून्छु,
हो यतिबेला,
घोर अन्याय हुँदैछ,
अपमान हुँदैछन् आत्माहरूको,
असैह्य हुँदैछन् मनका पतिङ्गलहरू ।

बेला बेलामा
दृश्य उतार्छु उनि माथि,
टाउको झुकाएर विलौना गर्दैछिन,
सारा पीडाहरू पखाल्दैछिन सायद,
तर म,
तर म सहन सक्तिन,
र हाँसीदिन्छु मुसूक्क मुसुक्क.......

एक अदभूत सहास बटुलेर,
म उनिलाई सोध्ने प्रयास गर्छु
कारण ...... थुप्रै कारणहरू.....
तर,
अहँ, उनि उत्तर दिने मुडमै देख्दिन,
प्रतिउत्तरमा, आँशु झारीदिन्छिन,
बरर्र .........., बरर्र..........,
म जाबो डम्बेष्ट सेल्फिस,
नको रूवाई नबुझेर,
घमण्डको पारो तताउँदै
रन्थनिन्छु .......
सन्किन्छु .........
सनक्क .........
सनक्क .............
उर्फ............???????

9/01/2010

Links to this post

[१]
छाडिदेउ प्रीय तिमी रिसाउने बानी
अज्ञानताको बादल फाटी बनिदेउ ज्ञानी
के नै छ र? जिन्दगीमा लुटाएर लाने
सबै आफ्नै सम्झिएर खुशी मानी मानी ।

[२]
रीस द्वैस राखी मनमा नपुर्याउ हानी
कोही ठूला बन्न थाले तिमी बन सानी
राम्रो वचन बोलीदेउ अनि मिठो बोली
तिमी भित्रै पाइने छ महानताको खानी ।

[३]
सुन्दर मात्रै बस्तु हेर्ने त्यो आँखाको नानी
पवित्र भै बगिरह्यौ बन्यौ पानी पानी
सँसारलाई चिनाउनु छ अघि बढि तिमी
पछि हट्ने छैनौ अब, तिमी जानी जानी ।

8/30/2010

Links to this post

एक पटक
अतिततिर फर्किएर हेरेँ
बाटो उस्तै थियो,
मेोसम उस्तै थियो,
समय अनि,
परिस्थिति पनि उस्तै
मात्र फरक म एक्लै.....
एकान्त औँसीको रातमा
निष्पट्ट अँध्यारो थियो
तर म सलबलाई रहेको थिए,
केहि खोजिरहेको थिए,
किनकी मसँग,
थोरै मात्र पनि आशाहरू थिए,

जिन्दगीका रँगहरू
कदापि फेरिने छैनन, छैनन्......,
मलाइ थाहा थियो,
प्रकाशको खोजीमा हिडेको म
अन्धकार हटाउन
मेरो बशमा थिएन
तर
पर्खनु,
आशातित् बन्नु
मेरो भाग्यले सिकाएको थियो
हो मैले साँच्चै त्यसै गरे
भोलिको विहानीसँगै,
आशाका प्रकाशहरू लिएर आउनेछ।

त्यसैले
म जिवित लाश
मरूभूमिमा ओयसीस बनेर
अदृश्य बाँचिरहेँ,
सुन्यताका पलहरूसँगै,
नैराश्यताका पर्दा भित्र
विवशताको छाल माथि,
कालान्तर पछाडि....
धैर्यता र सहासहरूसँगै
टुक्रिएका कल्पानाहरू बटुलेर
भत्किएका सपनाहरू सजाउँदै
आस्थाका दियोहरूमा
विस्वासका तेलहरू तप्काएर
तिम्रै पर्खाइमा
फिस्स फिस्स मुस्कुराउँदै ......

हरि मानन्धर "विवश"
क्याक्मी ९, स्याङ्ग्जा (हाल इजरायल)
३० अगष्ट, २०१०

8/16/2010

Links to this post

प्रेम विना विछोड हुन्न भन्छन् मान्छे
विना नशा जीवन छुन्न भन्छन् मान्छे

कतै शुन्य पलको अर्थ छैन भन्छन्
गीत मधुर रसको सुन्न भन्छन् मान्छे

कस्तो युग आयो? यथार्थ् सबै छाडि
आफ्नै मान सम्मान् गुन्न भन्छन् मान्छे

माली आफै ठान्छन् प्रेम बाग फूलको
माला तिनै फूलको उन्न भन्छन् मान्छे